दफा १२
नियुक्ति तथा पद पूर्ति
(१) नेपाली सेनामा रिक्त अधिकृत तहको पद पूर्तिका लागि सिफारिस गर्न लोक सेवा आयोगको अध्यक्ष वा लोक सेवा आयोगले तोकेको सो आयोगको सदस्यको अध्यक्षतामा र अधिकृतभन्दा तल्लो तहको पद पूर्तिका लागि सिफारिस गर्न लोक सेवा आयोगले तोकेको प्रतिनिधि समेत सदस्य रहने गरी तोकिएबमोजिमको पदपूर्ति समिति रहनेछ ।
तर पदपूर्तिको लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको पदपूर्ति समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
(३) पदपूर्ति सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
(४) नेपाली सेनाका विभिन्न पदमा नियुक्त हुनको लागि आवश्यक पर्ने योग्यता तोकिएबमोजिम हुनेछ ।